स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेस विजयी


१ जेष्ठ २०७९, आइतबार


बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् ।

रोकायाले एमालेका चतुर्भुज शाहीलाई पराजित गरेका हुन् ।

रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए ।

गठबन्धनका उम्मेदवार नेकपा एसका चिरञ्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए ।

उपाध्यक्षमा काँग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् ।

गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

अहिले निर्वाचित अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी यस अघिको स्थानीय निर्वाचन ०७४ मा सोही पदमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

पाँच वटा वडा रहेको स्वमीकार्तिकमा २, ४ र ५ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवारहरु क्रमशः विष्णुबहादुर बुढा, सिंह धामी र अमर बहादुर सिंह विजयी भएका छन् ।

वडा नम्बर १ मा माओवादी केन्द्रका अजय बहादुर बिक विजयी भए भने ३ नम्बर वडामा एमाले उम्मेदवार प्रेमबहादुर कटेल वडाध्यक्ष पदमा चुनिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस