लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई विजयी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।

अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार राजकुमार राईलाई ४ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।

अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् ।

उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपा(एमाले)की देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस