गन्यापधुरामा काँग्रेसका कार्की निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गन्यापधुरामा काँग्रेसका कार्की निर्वाचित


३१ बैशाख २०७९, शनिबार


डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।

कार्कीले ३ हजार तीन सय ८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६ सय ४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि काङ्ग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार सात सय ३ मत पाएका छन् ।

प्रधानमन्त्री देउवाले वडा नं. १ को रुवाखोलाबाट मतदान गरेका थिए । जहाँ काँग्रेसका उम्मेदवार पराजित भएका थिए ।

यहाँ सभापति देउवासँग असन्तुष्ट रहेको काँग्रेसका पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले काँग्रेस बिपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस