शुक्लागण्डकी नगरपालिकामा काँग्रेसको अग्रता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

शुक्लागण्डकी नगरपालिकामा काँग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खुमबहादुर विकले ३५४ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गरेका छन् ।

हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ ।

यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाएका छन् । वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गरेकी छन् ।

घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा ९एमाले०का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गरेकी छन् ।

नेकपा ९एमाले०का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गरेका छन्।

बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली काँग्रेसका उम्मेदवार ध्रुवलाल प्रधानले ५१८ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस