बाजुरामा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाई फायर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बाजुरामा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाई फायर


३१ बैशाख २०७९, शनिबार


धनगढी । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ ।

प्रहरीले १२ राउन्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।

सशस्त्र प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस