मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी


३१ बैशाख २०७९, शनिबार


म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएकी छन् ।

अध्यक्षका प्रत्याशी नेपाली काँग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा काँग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रबार भएको मतदानमा ६७.०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो ।

वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा काँग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा काँग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी भएका छन् ।

पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस