सर्लाहीमा अरूको परिचयपत्र बोकेर मतदान गर्न आउने २ जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सर्लाहीमा अरूको परिचयपत्र बोकेर मतदान गर्न आउने २ जना पक्राउ


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सर्लाहीको कविलासी नगरपालिका-६ स्थित मतदान केन्द्रमा अन्य व्यक्तिको परिचय पत्र बोकेर मतदान गर्न आएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जमुनियामास्थित इलाका स्वास्थ्य चौकी मतदान केन्द्रमा उनीहरू अरूको परिचयपत्र बोकेर मत खसाल्न आएको आरोप लागेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-९ स्थित मतदान केन्द्रमा अर्कै व्यक्तिको नाममा मत हाल्न आएको आरोपमा एक जना पक्राउ परेका छन् ।

सर्लाहीको बागमती नगरपालिकामा पटक पटक मत हाल्न आएको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस