पश्चिम नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पश्चिम नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने


३० बैशाख २०७९, शुक्रबार


परासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान जारी रहने भएको छ ।

पानी परेका कारण केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको हो ।

सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो ।

ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन् ।

अन्य पालिकाको मतदान कार्य सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पुर्‍याउने काम भइरहेको ।

मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस