थप ७ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ७ जनामा कोरोना सङ्क्रमण


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १४८ जनाको पीसीआर परीक्षणमा ७ जना र २८९ जनाको एन्टीजेन परीक्षणमा शून्य गरी ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १६४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जसमध्ये १६४ जना होम आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार १९६ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८७३ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस