मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकिएको छ ।

निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।

देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

यद्यपि अन्तिम विवरण आउन बाँकी छ । देशका केही स्थानमा झडप र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौँ, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस