चार बजेसम्म करिब ५५ प्रतिशत मतदान : आयोग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चार बजेसम्म करिब ५५ प्रतिशत मतदान : आयोग


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपराह्न ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मतदान भएको जानकारी दिए ।

यो निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस