काभ्रेको चौँरीदेउराली गाउँपालिकामा मतदान पुनः सुरु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काभ्रेको चौँरीदेउराली गाउँपालिकामा मतदान पुनः सुरु


३० बैशाख २०७९, शुक्रबार


काभ्रे । काभ्रेको चौँरीदेउराली गाउँपालिका-६ स्थित प्रभा मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद सुरु भएको थियो ।

त्यस क्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेपछि मतदान समेत स्थगित भएको थियो ।

सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको छ । साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पुर्‍याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस