संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो परिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए ।

बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस