सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध : निर्वाचन आयोग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध : निर्वाचन आयोग


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले देशभर सात जिल्लाका विभिन्न मतदान स्थलमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको हो ।

दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए ।

ती स्थानमा मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस