रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरिन् « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरिन्


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरेकी छन् । उनले थवाङ गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्ती मगरकी आमा हुन् । हिँडडुल गर्न नसक्ने पुणीलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् ।

निर्वाचनको बेला सधैँ चर्चामा आउने थवाङमा यस पटक शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस–एमाले र स्वतन्त्रको गठबन्धन छ । स्वतन्त्रलाई विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस