मतदान गरेपछि प्रचण्डको प्रतिक्रिया : हार-जितलाई स्वाभाविक रूपमा लिनुपर्छ « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

मतदान गरेपछि प्रचण्डको प्रतिक्रिया : हार-जितलाई स्वाभाविक रूपमा लिनुपर्छ


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले निर्वाचनमा जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रूपले अप्ठ्यारो स्थितिमा आफूहरूले गठबन्धन गरेको पनि उनले बताए ।

प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर-१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् । रेनु सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

एमालेका तर्फबाट मेयर उम्मेदवार रहेका विजय सुवेदीले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गर्दैछन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । त्यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

काँग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर-७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशील साझाका मेयर उम्मेदवार प्रविन काफ्लेले भरतपुर-१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दैछन् । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस