उत्तरी मोरङको मिक्लाजुङमा शङ्कास्पद वस्तु फेला, स्थानीय त्रसित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उत्तरी मोरङको मिक्लाजुङमा शङ्कास्पद वस्तु फेला, स्थानीय त्रसित


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खेमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ।

सोही क्षेत्रमा बुधबार राति विस्फोटको आवाज आएपछि स्थानीयवासी आतङ्कित बनेका छन्।

‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने,‘ तर, विकट ठाउँ भएकाले टोली अझै पुगेको छैन। टोली पुगेपछि सबै कुरा थाहा हुनेछ।’

शङ्कास्पद बस्तु भेटिए पनि विस्फोटबारे थाहा नभएको उनले बताए ।

उनले मिक्लाजुङ गाउँपालिका-१ बर्खेमा आज बिहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको पुष्टि गरे।

विस्फोट गराइएको र शङ्कास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताए। विस्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतङ्कित भएका छन् ।

मिक्लाजुङ-१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठले राति ११ देखि १२ बजेको बिचमा विस्फोटको ठुलो आवाज आएको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस