प्रचण्ड र आरजुलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रचण्ड र आरजुलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रचण्डलाई चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जानेछ भन्ने अभिव्यक्ति दिएको र काँग्रेस नेतृ देउवालाई गठबन्धन उम्मेदवारलाई जिताए हरेक वडाबाट ४, ५ जनाका दरले निःशुल्क रूपमा भिसा टिकेटको व्यवस्था गरी मलेसिया पठाउने विषयहरू बोलेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

उनीहरूको विरुद्ध उजुरी परेपछि आयोगले २४ घण्टाभित्र जवाफ माग गर्दै पत्र पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस