सर्वोच्चले काँग्रेसले संसद् विघटन गर्दा सदर र एमालेले गर्दा बदर गरेको ओलीले टिप्पणी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्वोच्चले काँग्रेसले संसद् विघटन गर्दा सदर र एमालेले गर्दा बदर गरेको ओलीले टिप्पणी


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले काँग्रेसले संसद् विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको टिप्पणी गरेका छन् ।

मङ्गलवार एमालेले काठमाडौँमा आयोजना गरेको आमसभामा बोल्दै उनले काँग्रेसले भङ्ग गर्दा संवैधानिक भनिएको तर एमालेले भङ्ग गर्दा अवैधानिक भनिएको टिप्पणी गरे ।

उनले भने, ‘काँग्रेसले भङ्ग गर्दा सदर हुन्छ, एमालेले भङ्ग गर्दा बदर हुन्छ । काँग्रेसले भङ्ग गर्दा संविधान बमोजिम लोकतान्त्रिक हुन्छ, एमालेले भङ्ग गर्दा गर्दा अवैधानिक र अलोकतान्त्रिक हुन्छ । अदालतले यही फैसला गरिरहेको छ ।’

एमाले अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताहरूलाई न्यायाधीश बनाइएको भन्दै प्रश्न गरे, ‘अनि कस्तो फैसला आउँछ ?’

Tags :
प्रतिक्रिया दिनुहोस