एमाले सधैँ विकासको पक्षमा : अध्यक्ष ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले सधैँ विकासको पक्षमा : अध्यक्ष ओली


२७ बैशाख २०७९, मंगलबार


दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँ विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उनको दाबी थियो ।

अन्य दलहरु विकासमा पछि रहेको र आफ्नो पार्टी विकासको पक्षमा लागेको उनको भनाइ थियो । उनले भने, ‘जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।’

गठबन्धन स्वार्थका लागि भएको उनको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उनको दाबी थियो ।

दमकको पशुहाटमा आयोजित नगर स्तरीय आमसभालाई सम्बोधनका क्रममा उनले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस