७ सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

७ सय रुपैयाँले घट्यो सुनको मूल्य


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ७ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस