नेपाल र जिम्बाब्वे ‘ए’बिचको खेलमा टस प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल र जिम्बाब्वे ‘ए’बिचको खेलमा टस प्रभावित


२६ बैशाख २०७९, सोमबार


काठमाडौं । ओसिलो आउट फिल्डका कारण नेपाल र जिम्बाब्वे ‘ए’बिचको तेस्रो एक दिवसीय खेलमा टस गर्न ढिला हुने भएको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण आउट फिल्ड ओसिलो भएकाले टसमा ढिलाइ भएको हो । नेपाललाई आज तेस्रो तथा निर्णायक एक दिवसीय खेल जित्दै शृङ्खलामा जित्ने अवसर छ ।

तीन खेलको एक दिवसीय शृङ्खलामा नेपाल पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । दोस्रो एक दिवसीय खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस