२१ औँ शताब्दीका जनता तर्साएर तर्सिदैनन् : ओली « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

२१ औँ शताब्दीका जनता तर्साएर तर्सिदैनन् : ओली


२५ बैशाख २०७९, आइतबार


रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ औँ शताब्दीका जनता कसैले तर्साएर नतर्सने बताएका छन् ।

बुटवलमा एमालेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै ओलीले गठबन्धन दलका नेताहरूले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको बताएका हुन् ।

उनले भने, ‘गठबन्धन टिकोस् कि, गठबन्धन भीरबाट लडोस्, खोलामा बगोस्, जनतालाई के मतलब । मेरो छोरीलाई भोट दिइएन भने दुर्घटना हुन्छ भनेर जनता तर्साइरहेका छन् । २१ औँ शताब्दीका जनता तर्साएर तर्सिदैनन् ।’

बुटवल उपमहानगरपालिकासहित रुपन्देहीका एमाले उम्मेदवारलाई मत माग्न बुटवल आएका उनले यस क्षेत्रमा भइरहेका सडक, अन्तर्राष्ट्रिय सभागृह, लुम्बिनीको सभा हल, बुटवल नारायणगढ सडक चौडा पार्ने काम, मेडिकल कलेजलगायत भइरहेका कामहरूको फेहरिस्त लगाएका थिए ।

नेकपा माओवादी केन्द्र र काँग्रेसको आलोचनामा अधिकांश समय खर्चिएका अध्यक्ष ओलीले काँग्रेसले २७ वर्ष सरकारमा बस्दा ४२ वटा उद्योग बेचेर खानेबाहेक केही जनताले जान्ने, बुझ्ने र महसुस हुने गरी काम नगरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस