प्रचण्डको अभिव्यक्तिमाथि आयोगले छानबिन सुरु गर्‍यो « प्रशासन
Logo १२ जेष्ठ २०८१, शनिबार
   

प्रचण्डको अभिव्यक्तिमाथि आयोगले छानबिन सुरु गर्‍यो


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा रेणु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।

प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रूपमा छानबिन थालेको हो ।

‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्ष परोक्ष रूपमा धम्की हो भन्ने देखिन्छ । मतदाताहरूलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ । हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ । सरसर्ती हेर्दा यस्तो अभिव्यक्ति स्वभाविक देखिँदैन । अध्ययन गरेर बेलुकीसम्म केही निष्कर्षमा पुग्छौँ’ आयोग स्रोतले भन्यो ।

दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस