गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग स्पष्टीकरण मागेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो ।

‘तपाईँले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिता विपरीत हो/होइन ?’ आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यदि, तपाईँ गठबन्धनको चुनावी सभामा सहभागी हुनुभएको हो भने तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा किन कारबाही हुनु नपर्ने हो, तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी जवाफ पेस गर्नुहुन अनुरोध छ ।’

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्यमन्त्री वा मन्त्रीले आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक राजनीतिक दल वा उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसार गर्न नहुने स्मरण पनि गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस