मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ ।

उनलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो । झाँक्री सहरी विकास मन्त्रीसमेत छिन् ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसियतमा प्राप्त सेवा सुविधा प्रयोग नगरी चुनावी प्रचारका कार्यक्रममा जान सकिने सहमति दिइएको छ ।

झाँक्रीले नै उक्त पत्र सार्वजनिक गर्दै आचारसंहिता पालना गर्ने आफ्नो कर्तव्य भएको उल्लेख गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस