दाइजो लेनदेनको आरोपमा बेहुला पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

दाइजो लेनदेनको आरोपमा बेहुला पक्राउ


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिवार पक्राउ परेका हुन् । मेचीनगर १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल नदिएको भनी विवाद गरेका थिए ।

त्यसलगत्तै पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस