जनता गठबन्धनलाई जिताउन आतुर छन् : माधव नेपाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जनता गठबन्धनलाई जिताउन आतुर छन् : माधव नेपाल


२२ बैशाख २०७९, बिहिबार


चितवन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।

भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए ।

उनले भने, ‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ । भरतपुरमा केही समस्या देखिए पनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोसिस भइरहेको छ ।’

उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस