विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु


२१ बैशाख २०७९, बुधबार


विसकेक । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ वर्ष भन्दा कम उमेरका बालबालिका बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस