बुद्धले जेठ ९ गतेबाट काठमाडौँ–बनारसमा नियमित उडान गर्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बुद्धले जेठ ९ गतेबाट काठमाडौँ–बनारसमा नियमित उडान गर्ने


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । कोरोना महामारीका कारण बन्द भएको दुई धार्मिक गन्तव्य काठमाडौँ र बनारसबिचको उडान आगामी ९ जेठबाट पुनः सुरु हुने भएको छ ।

कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले मिति तोकेको हो ।

काठमाडौँ–बनारस–काठमाडौँ रुटमा सोमबार र शुक्रवार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको हो । बनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत टुर प्याकेज समेत बिक्री गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस