वामदेवको शब्दमा एकीकृतको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वामदेवको शब्दमा एकीकृतको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेबाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखिदिएका छन् ।

उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मङ्गलवार सार्वजनिक भएको छ ।

कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा सङ्गीत कृष्ण केसीले दिएका छन् ।

गौतम नेकपा विभाजनयता नै पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् । उनी पूर्व पार्टी एमालेमा पनि फर्किएका छैनन् भने एमालेबाट विभाजन भएर बनेको दल एकीकृत समाजवादीमा पनि प्रवेश गरेका छैनन् ।

पछिल्लो समय मौन रहेका गौतमले एकीकृत समाजवादीको चुनावी गीत लेखेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस