यु-१९ महिला विश्वकप छनोट : नेपाली क्रिकेट टिम घोषणा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

यु-१९ महिला विश्वकप छनोट : नेपाली क्रिकेट टिम घोषणा


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यु-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अञ्जलि विक, हिरान्मायी रोय, एलिसा खडिया, कृत्तिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निशा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनीषा चौधरी परेका छन् । छनोटमा नेपालसँगै मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस