काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन् ।

कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले झन्डै दुई तिहाइ मत प्राप्त गरेको कम्युनिस्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताए ।

‘काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व काँग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हक अधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो’, उनले भने ।

पार्टीका पूर्व महामन्त्री सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको बताउँदै काँग्रेसले नै देशको विकास गर्ने उल्लेख गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण काँग्रेसले निर्माण गर्ने उनको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री सिंहले सिंहदरबारको अधिकार स्थानीय तहमार्फत घरघरमा पुगेको भन्दै घरघरमा पुगेर जनताको सेवा बुझ्ने स्थानीय जनप्रतिनिधि स्थानीय सरकारले खोजेको बताए । उनले घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्नसमेत पार्टीका उम्मेदवारलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस