नेप्सेमा उच्च अङ्कको गिरावट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्सेमा उच्च अङ्कको गिरावट


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ ।

आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार सोमबार खुलेको हो । सोमबार ४८.७३ अङ्कले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।

सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भयो । यस दिन सर्पोट माइक्रो फाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढ्यो ।

सोमबार नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस