भारतमा यात्रुवाहक विमान ठोक्किँदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतमा यात्रुवाहक विमान ठोक्किँदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते


१९ बैशाख २०७९, सोमबार


नयाँ दिल्ली । भारतमा यात्रुवाहक विमान ठोक्किँदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन् ।

बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ ।

१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठुलो मिड–एयर टर्ब्युलेन्स भएको थियो । एकापसमा ठोक्किने क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस