फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु


१९ बैशाख २०७९, सोमबार


मनिला । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन सहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए ।

मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् ।

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन् ।

करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस