स्थानीय तह निर्वाचन : पर्वतमा आचारसंहिता पालनामा कडाइ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्थानीय तह निर्वाचन : पर्वतमा आचारसंहिता पालनामा कडाइ


१९ बैशाख २०७९, सोमबार


पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।

आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले आचार संहिता उल्लङ्घनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ ।

दल तथा स्वतन्त्र उम्मेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए ।

‘उलङ्घनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन् ‘, उनले भने ‘उल्लङ्घन हुन नदिन कारबाही गर्ने निर्णय गरेका छौ ।’

पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचारसामाग्री बजाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमासमेत ठुला झन्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ ।

सदरमुकाम कुस्मा बजारमा उम्मेदवारले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनि प्रदूषण र जनजीवनसमेत प्रभावित भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहिता उल्लङ्घनका काम नगर्न भन्दै आइतबार बजार क्षेत्रमा माइकिङ गरेको छ ।

सुरुमा उल्लङ्घनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताए ।

आचारसंहिता विपरीत प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस