तोलामा आठ सय रुपैयाँले घट्यो सुन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तोलामा आठ सय रुपैयाँले घट्यो सुन


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ ।

आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस