प्रमुख आयुक्त र एमाले अध्यक्ष ओलीको अभिव्यक्ति मिल्यो : नेता पुन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख आयुक्त र एमाले अध्यक्ष ओलीको अभिव्यक्ति मिल्यो : नेता पुन


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता पुनले प्रमुख आयुक्त र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्तले मतपत्र बलियो कागजमा राखेकाले च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्दै प्रश्न गरे ।

कुनै नेता र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने भन्दै पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आग्रह गरे ।

केपी ओलीले बाहिरबाहिर हुङ्कार गरेको भएपनि भित्रैबाट गलेर पराजित भइसकेको भन्दै उनले ओली पराजित हुनु वामपन्थीहरुको एकताको ग्यारेन्टी भएको टिप्पणी गरे।

पुनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तउपर नभएको स्पष्ट पारे ।

भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरुको वैचारिक रुपमा ध्रुविकरण हुने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस