पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण, २२१ जना सक्रिय संक्रमित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण, २२१ जना सक्रिय संक्रमित


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस