रुपन्देहीमा उम्मेदवारको निधन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

रुपन्देहीमा उम्मेदवारको निधन


१८ बैशाख २०७९, आइतबार


रुपन्देही । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए ।

उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस