जिम्बावे ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिम्बावे ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाल र जिम्बावे ‘ए’ बिचको टी-२० र एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। सिरिजमा पहिले टी-२० खेलहरू हुँदैछ।

त्रिवि मैदानमा केहीबेरमा हुने पहिलो टी-२० मा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

यसअघि शनिवार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो। एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी-२० सिरिज हुन लागेको हो।

दोस्रो टी-२० वैशाख १९ मा र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ‘ए’ टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनास बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बासिर अहमेद, लोकेश बम, भीम सार्की टिममा अटाएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस