टी–२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र जिम्बाब्वे ‘ए’ खेल्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टी–२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र जिम्बाब्वे ‘ए’ खेल्दै


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । टी–२० शृङ्खलाको पहिलो खेलमा आज नेपाल र पाहुना टोली जिम्बाब्वे ‘ए’ बिच खेल हुँदै छ ।

खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग अभ्यास खेल खेल्न लागेको हो।

नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन खेलको टी–२० र ती एक दिवसीय खेल्नेछ । शनिवार (हिजो) हुने भनिएको पहिलो एक दिवसीय वर्षाका कारण स्थगित भएपछि खेल तालिका परिवर्तन गरिएको हो ।

टी–२० शृङ्खलाको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधवार हुनेछ । त्यसपछि नेपालले जिम्बाब्वे ‘ए’ सँग एक दिवसीय शृङ्खला खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस