काँग्रेस उपसभापति गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय समिति गठन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेस उपसभापति गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय समिति गठन


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले उपसभापति धनराज गुरुङको नेतृत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ।

सभापति शेरबहादुर देउवाले उपसभापति गुरुङको नेतृत्वमा उक्त उपसमिति बनाएका हुन्।

काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको वैशाख २ को निर्णयअनुसार उक्त उपसमिति गठन भएको छ।

उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली रहेका छन्।

उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस