बुद्ध एयरको जहाजको टायर पड्कियो « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

बुद्ध एयरको जहाजको टायर पड्कियो


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ ।

भैरहवाबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए । अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस