लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान


१६ बैशाख २०७९, शुक्रबार


रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान गरेका छन् ।

प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए ।

प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाका सदस्य उपस्थित हुन अनुरोध गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस