चुनाव जित्न जे पनि गतिविधि हुन सक्ने भएकाले आयोग सचेत रहनुपर्ने पूर्व प्रधानन्यायाधीश कार्कीको सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनाव जित्न जे पनि गतिविधि हुन सक्ने भएकाले आयोग सचेत रहनुपर्ने पूर्व प्रधानन्यायाधीश कार्कीको सुझाव


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितको लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले जनताले अझै पनि निर्वाचन भनेको के हो भन्ने कुरा बुझिसकेकोले जनतालाई यसबारे सूचना सम्प्रेषण गर्न आवश्यक रहेको बताइन् ।

उनले विगतका निर्वाचनहरूमा मतगणना गर्दै गर्दा बत्ती निभाएको कुराहरू आएको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिइन् ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले निर्वाचन आयोगले त्यसमा जोड दिनुपर्ने बताए । उनले जनताले आफ्नो मौलिक हकलाई भरपुर प्रयोग गर्न पाउने गरी नागरिकलाई सुरक्षित मतदान गर्न सक्ने व्यवस्थापन गर्नुपर्ने बताए । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थता, गुणस्तरयुक्त, जवाफदेहीतापूर्ण र स्वच्छ हुनुपर्ने बताए ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थता, गुणस्तरयुक्त, जवाफदेहीतापूर्ण र स्वच्छ हुनुपर्ने भन्दै श्रेष्ठले पर्यवेक्षणले निर्वाचनको कानुन, प्रक्रिया, पूर्वाधार, मतदाताको अवस्था, उम्मेदवारको अवस्था, उनीहरूले गर्ने खर्च र प्रचारप्रसारको शैलीबारे निगरानी गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस