स्वतन्त्र उम्मेदवारलाई दिएको धम्की सह्य नहुने थपलियाको चेतावनी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

स्वतन्त्र उम्मेदवारलाई दिएको धम्की सह्य नहुने थपलियाको चेतावनी


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने चेतावनी दिएका छन् ।

शुक्रबार राष्ट्रिय तथा जिल्ला स्तरका पर्यवेक्षकहरूको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले कुनै पनि किसिमको दबाब, त्रास, प्रलोभन, कुनै पनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाब दिए लोकतन्त्रविरोधि गतिविधि हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस