भरतपुरका बागी मनाउन आएका दुई मन्त्री फर्किए « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भरतपुरका बागी मनाउन आएका दुई मन्त्री फर्किए


१६ बैशाख २०७९, शुक्रबार


चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन आएका दुई मन्त्री काठमाडौँ फर्किएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौँ फर्किएका हुन् ।

गृहमन्त्री खाँण वैशाख १४ गते र राज्यमन्त्री श्रेष्ठ १५ गते भरतपुर आएका थिए । उनीहरूले वैशाख १५ गते स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।

काठमाडौँ फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँणले उम्मेदवार पौडेलले विवेकसम्मत निर्णय लिने बताए ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ । भरतपुरमा रहँदा मन्त्री खाँणले काँग्रेस केन्द्रीय सदस्य, पूर्व पार्टी सभापतिसहितका नेताहरूलाई भेटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस