आइपिएल : आठौँ खेलमा दिल्लीको चौथो जित, कोलकाताको लगातार पाँचौँ हार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइपिएल : आठौँ खेलमा दिल्लीको चौथो जित, कोलकाताको लगातार पाँचौँ हार


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ४ विकेट जित निकालेको छ।

यो सँगै जारी आइपिएलमा दिल्लीले ८ खेलबाट चौथो जितका साथ ८ अङ्क जोडेर तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। यता पराजित कोलकाताको जारी आइपिएलमा लगातार पाँच हारसँगै प्लेअफ सम्भावना कठिन बनेको छ।

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

दिल्लीका लागि ओपनर डेविड वार्नरले सर्वाधिक ४२ रन बनाए। यस्तै रोभम्यान पावेलले ३३ रन बनाउँदा अक्षर पटेलले २४ र ललित यादवले २२ रन बनाए।

ओपनर पृथ्वी शा डक आउट भए। मिचेल मार्सले १३ रन बनाउँदा विकेटकिपर कप्तान ऋषभ पन्त २ रन आउट भए।

कोलकाताका उमेश यादवले सर्वाधिक ३ विकेट लिए। सुनिल नारायण र हर्षित रानाले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। कोलकाताका नितिश राणाले सर्वाधिक ५७ रन बनाए। कप्तान श्रेयस ऐरले ४२ रन बनाउँदा रिंकु सिंहले २३ रन जोडे।

अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कोकाताका ५ जना ब्याटर शून्यमा आउट भए।

दिल्लीको लागि चेतन कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३ विकेट लिँदा चेतन सकारिया र अक्षर पटेलले १-१ विकेट हात पारे।

Tags :
प्रतिक्रिया दिनुहोस